काठमाडौं । ‘यो यो हनी सिंह’ भनेर चिनिने भारतीय र्यापर हनी सिंह नेपालमा समेत चर्चित छन्। भारतमा र्यापलाई अगाडी बढाउनुमा उनको ठूलो योगदान रहेको मानिन्छ।

स्टेजमा उक्लिएपछि हजारौंको भिड जम्मा गर्न सफल हुने, बलिवुड चलचित्रका गीतमा समेत र्याप गाउने यी चर्चित गायक हाल भने गुमनाम जस्तै छन् । दुई वर्ष यता उनले गीत गाएका छैनन् भने कार्यक्रममा समेत सहभागिता जनाएका छैनन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार, हनी सिंहलाई बाइपोलर डिसअर्डर भएको छ । यस रोगका बिरामीहरु मानिसहरुको भिंडमा बस्न सक्दैनन् । हजारौंको बिचमा गीत गाएर नचाउन सक्ने हनी चार/ पांच जना मानिसहरुसंग समेत बोल्न झन्झट मान्ने भएका छन् ।

उनको उपचार गरिरहेका डाक्टरहरुले उनको स्वास्थ्य स्थितिमा सुधार भइरहेको र छिट्टै काममा फर्किन सक्ने बताएका छन् ।

Please follow and like us:

Comments