मेलबर्न । गैरअवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकालकालागि अष्ट्रेलिया निवासी रञ्जु वाग्लेले महिला उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

एक वक्तव्य जारी गर्दै हालको कार्य समितिमा प्रवक्ता रहनुभएका वाग्लेले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । वर्तमान कार्यसमितिमा रहेर भूकम्प पीडितको उद्धार, राहतमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएका वाग्लेले अहिलेका कामको निरन्तरताको लागि आफूले उम्मेदवारी दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । मूल नेतृत्वको भिजनलाई सफल रुपमा कार्यान्वयन गर्ने र एनआरएनमा महिला नेतृत्वको विकासमा योगदान दिने आफ्नो चाहना र योजना रहेको प्रष्ट पार्नुभएको छ ।

विदेशमा रहेका नेपाली महिलाहरुको समस्याहरुलाई समाधान गर्ने, रोजगारीको सिलसिलामा आइपर्ने समस्या समाधानका लागि नेपाल सरकारसँग पहल गर्ने कार्य पनि आफ्नो प्राथमिकतामा रहेको वाग्लेको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनको विश्व सम्मेलन आगामी १४ अक्टोबरबाट काठमाडौंमा हुँदैछ ।

Comments

comments