मेलबर्न । नेपालीहरुको संख्या बढिरहेको अष्ट्रेलियामा पहिलोपटक संसदमै दशैं मनाइदै छ । साउथ अष्ट्रेलियाको संसदमा यस वर्ष दशैं विशेष कार्यक्रम आयोजना गरिएको हो ।

साउथ अष्ट्रेलियाको संसद भवनमा उपल्लो सदनका अध्यक्ष रशेल वाट्ली र मेम्बर फोर टोरेन्स डाना वाट्लीले सबै नेपालीलाई शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै निमन्त्रणा पठाएका छन् । निमन्त्रणा अनुसार , एडिलेडमा अवस्थित संसद भवनमा आगामी अक्टोबर ५ का दिन, दिउँसो ३ बजेदेखि ४:३० बजेसम्म कार्यक्रम हुनेछ ।

कार्यक्रममा नेपाली समूदायका सदस्यका साथै साउथ अष्ट्रेलियाको सांसदहरु पनि सहभागी बन्नेछन् । यसअघि नेपाली चाडहरुलाई अष्ट्रेलियामा दक्षिण एशियाकै अन्य समूदायसँगै मिलाएर लिने गरिन्थ्यो । अष्ट्रेलियामा बसेर नेपालीहरुले प्राप्त गरेको उपलब्धि, इमान्दारिता र अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक नीतिका कारण नेपालीहरुले यो अवसर प्राप्त गरेको मान्न सकिन्छ ।

Comments

comments