गुल्मी । विभिन्न कोटघर, कोटदवार, शक्तिपीठ, तथा मठमन्दिरहरु लगायतका स्थानहरुमा बडादशैंमा सराया नाच नाच्ने गरिन्छ । दशैंको अवसरमा टिकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म सराया नाच नाच्ने प्रचलन रहेकाे छ ।

सराय धार्मिक तथा साँस्कृतिक महत्वका हिसाबले दशै पर्वसँग जोडिएकाले पौराणिक धर्मग्रन्थ अनुसार असत्य माथि सत्यको विजय उत्सवका रुपमा अर्थात शत्रु माथिको विजय हासिल गरेको खुसियाली स्वरुप दशैंका अबसरमा हातमा सांकेतिक हतियार लिई भेषभूषामा सजिएर सराया नाच नाच्ने प्रचलन रहेको छत्रभूमि मन्दिर पौदी अमराईका इतिहास लेखक विर बहादुर जिसीले बताउनुभयो ।

विभिन्न स्थानहरुमा सञ्चालन हुने सराय नाचलाई प्रतिस्पर्धा गराउने र उत्कृष्टतालाई पुरस्कृत गर्ने प्रचलनले गर्दा पनि युवा पुस्ताहरुले सरायप्रतिको चासो र सक्रियता तथा  आर्कषण बढ्न थालेको खड्कदेवता पुजा व्यवस्थापन समिति मुसिकोट दरवारका कोषाध्यक्ष यम बहादुर खत्रीले जानकारी दिनुभयो ।

आफ्नै मौलिक विशेषता रहेको सराय नाच इश्मा अर्जे, मुसिकोट दरबार, पौदी अमराई, अम्मरपुर लगायत जिल्लाका विभिन्न कोटघर दरबार, शक्तिपीठ मन्दिरहरुमा सराया खेलिने प्रचलन रहेको छ ।

सराया नाचलाई  उचित संरक्षण र प्रवद्र्धन र प्रचार प्रसारगरि राष्ट्रिय स्तरमा परिचित गराई कला संस्कृति र परम्पराको जग्रेना गर्न पाका पुस्ताहरु अझै सक्रिय देखिने बताइएको छ ।

Please follow and like us:

Comments