काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको फिल्म ‘अनुराग’ मा पल साह हिरो हुने भएका छन्। यस अघि अनुबन्ध भएका मोडल दीपक घिमिरेले हात झिकेपछि पल शाहलाई अनुबन्ध गरिएको हो।

पलले फिल्मको विषयबस्तु राम्रो लागेकोले फिल्मको लागि तयार भएको बताएका छन्। उनले फिल्मको लागि १८ लाख पारिश्रमिक लिएको समेत सिने बजारमा चर्चा चलेको छ ।

पल र फिल्म निर्माण कम्पनी एरिका फिल्मस् प्रोडक्सन कम्पनिबीच सोमबार सम्झौता हुनेछ।

छठ पछि छायांकन हुने फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गर्नेछन्।

Comments

comments