एजेन्सी । जर्जियाको एक अस्पतालमा जिम ब्यागभित्र बच्चा भेटीएपछि उद्धार गरिएको छ । अस्पतालकी कर्मचारी होरेस थोमसले बच्चाको उद्धार गरेकी हुन् ।

अघिल्लो दिन अस्पतालको बाहिरी भागमा बेवारिसे झोला देखेपछि अस्पतालकै एकजनाले बिरामी मध्ये कसैको झोला छुटेको हुनसक्ने अनुमानमा काउन्टर नजिक ल्याएर राखेका थिए ।

अर्को दिन , कुनाबाट बच्चा रोएको जस्तो आवाज आयो । त्यसपछी होरेस थोमसले ब्याग खोलेर हेरिन् । त्यहाँ केही दिन अगाडी मात्र जन्मिएको जस्तो लाग्ने बच्चा थियो । बच्चाको तौल एकदम कम थियो ।

अहिले बच्चालाई अस्पतालमा विशेष निगरानी र स्वास्थ्य परिक्षणमा राखिएको छ र होरेस थोमसले बच्चाको हेरचाह गरिरहेकी छिन् ।

Comments

comments