एजेन्सी । विश्व प्रसिद्ध वयस्क पत्रिका प्लेब्वाइका संस्थापक हग हेफ्नरको निधन भएको छ । उनको अमेरिकास्थित आफ्नै निवासमा स्वभाविक मृत्यु भएको बताइएको छ । रोल

हेफ्नरको ९१ वर्षको उमेरमा बुधवार निधन भएको प्लेव्बाइ इन्टरप्राइजेजले पुष्टि गरेको छ । उनले झण्डै ६० वर्षअघि पुरुष पाठक लक्षित प्लेब्वाई पत्रिकाको प्रकाशन प्रारम्भ गरेका थिए । पत्रिकाले महिलाहरुका नग्न तस्वीरका साथमा गम्भीर र गहिरो लेख,अन्तवार्ता,फिक्सन लगायतका सामाग्री प्रकाशन गर्दै आएको छ । आफूसँग रहेको ६ सय डलर र आमासँग थप एक हजार डलर मागेर हेफ्नरले प्रकाशन शुरु गरेको प्लेब्वाइ पत्रिकाको सन् १९५३ को डिसेम्वरमा प्रकाशित पहिलो अंकको मध्यपृष्ठमा तत्कालीन समयका लोकप्रिय हलिउड नायिका मर्लिन मुनरोको नग्न तस्वीर प्रकाशित भएको थियो ।

Hugh & Crystal Hefner Wedding 2012_credit Elayne Lodge

विश्वका ५० भन्दा मुलुक र भाषामा प्रकाशन हुने प्लेब्वाइ पत्रिका अहिले सर्वाधिक लोकप्रिय ग्ल्यामर ब्राण्डका रुपमा स्थापित छ । पत्रिका प्रकाशन पछि सन् १९६० र ७० को दशकमा पश्चिमा मुलुकमा सेक्सुअल क्रान्ति नै आएको थियो । तर पछिल्लो समय अनलाइनको वर्चश्वसँगै वयस्क सामाग्रीहरुमा आएको बाढीले हेफ्नरको पत्रिका केही समस्यामा परेको थियो ।

प्लेव्बाइ पत्रिकाले गत वर्ष २०१६ को मध्यदेखि यस वर्षको शुरुसम्मका केही अंकलाई परीक्षणका रुपमा नग्नताविहीन बनाएको थियो । तर अहिले भने पूरानै शैलीमा फर्किएको छ । नग्न तस्वीर प्रकाशनमा अग्रणी रहे पनि प्लेब्वाइमा साहित्य,कला र राजनीतिका गहन सामाग्रीहरु प्रकाशन हुँदै आएको छ ।

हेफ्नरले सन् २०१२ मा २६ वर्षीया मोडल क्रिष्टल हेरिससँग विवाह गरेका थिए । त्यतिखेर उनी ८६ वर्षका थिए । उनको श्रीमती,तीन छोरा र एक छोरी छिन् ।

Comments

comments