मेलबर्न । अष्ट्रेलियामा नेपाली समुदायबाट सञ्चालित फुटबल प्रतियोगितामा हालसम्मकै सबैभन्दा बढी पुरस्कार राशीको एस स्टडी अष्ट्रेलिया एम्बेसडर कप २०१७ को उपाधि मेलबर्नको फुटबल टिम युनाईटेड एफसीले जितेको छ ।

प्रतियोगितामा विभिन्न राज्यबाट २० टिमले सहभागिता जनाएका थिए ।

जसमध्ये फाइनलमा प्रवेश गर्न सफल भएका मेलबर्नको युनाईटेड एफसी र सिड्नीको डाँफे फुटबल क्लबबीच भएको प्रतिस्पर्धामा २-० को अन्तरले युनाइटेड एफसी विजयी बनेको हो।

युनाईटेड एफसीको लागि निरोज पाण्डे र साजन थापामगरले गोल गरेभने साजन थापामगर म्यान अफ द म्याच घोषित भए ।

च्याम्पियनशिपको उपाधि संगै ५ हजार डलर जितेर मेलबर्न फर्किएको टोलीलाई मेलबर्नमा क्लबका पदाधिकारी र समूदायका अगुवाहरुले स्वागत गरे।

Comments

comments