मेलबर्न । अष्ट्रेलियाको एक ल्याम्ब कम्पनीले भेडाको मासुको विज्ञापनमा भगवान गणेशलाई देखाएपछि हिन्दुहरुले विरोध प्रदर्शन गरिरहेका छन् । यसैक्रममा हिन्दूहरुको भावनामा चोट पुगेको भन्दैआईतबार हिन्दू काउन्सिल अफ अष्ट्रेलियाले शान्तिपूर्ण विरोधको आयोजना गर्यो ।

उनेपालीहरु पनि सहभागी भएको उक्त शान्तिपूर्ण प्रदर्शनमा सहभागीहरुले प्लेकार्ड बोक्दै विज्ञापन बन्द गर्न र अष्ट्रेलियाको बहुसांस्कृतिक समाजको भावनालाई कदर गर्न आग्रह गरेका थिए । यसले आफूहरुलाई चोट पुगेको भन्दै सहभागीहरुले धर्मको विषयलाई हल्का रुपमा नलिन माग गरेका छन् ।

अशान्ति फैलिनसक्ने कुरालाई ध्यान दिँदै विज्ञापन बन्द गर्न भारत सरकारले समेत अष्ट्रेलिया सरकारलाई पत्राचार गरिसकेको छ । भगवान गणेश सहित बुद्धलाई समेत देखाइएको विज्ञापनमा बौद्धमार्गीहरुले भने हिन्दुहरुले जसरि आवाज उठाइरहेका छैनन् । नेपालीहरुले आफ्नो देश गौतम बुद्ध जन्मेको देश भएको हुनाले बुद्धलाई देखाइएको बारेमा समेत विरोध गरिरहेका छन् ।

Comments

comments