मेलबर्न । एज्ड केयर कोर्स अष्ट्रेलिया आउने विद्यार्थीहरुको लागि करियरको राम्रो अवसर भएको कोर्स हो । २०१६ अगस्ट देखि कोर्समा हेरफेर भएपछि विद्यार्थीहरुमा यस कोर्सलाई लिएर केही अन्योलता समेत छाएको छ ।
पहिले एज्ड केयर कोर्सलाई सर्टिफिकेट इन एज्ड केयरको रुपमा राखिएको थियो भने गत वर्षको अगस्ट महिना देखि यसलाई स्पेसलाइजेसन अन्तर्गत राखिएको छ । अर्थात् अहिले एज्ड कोर्स गर्न चाहनेहरुले सर्टिफिकेट थ्री इन इन्डीभिजुवल सपोर्ट अन्तर्गत एजिंग लाई स्पेसलाइजेसन कोर्समा रोज्न सक्छन् र सर्टिफिकेट फोर मा एजिंग केयर गर्न सक्छन् । पहिले १ हजार घण्टाको कोर्स थियो भने अहिले त्यसलाई बढाएर १ हजार २ सय घण्टाको कोर्स बनाईएको छ ।
कोर्सको समयमा फिल्ड वर्क पनि गर्नुपर्ने हुन्छ । फिल्ड वर्क पहिले ८० घण्टा गर्नुपर्ने हुन्थ्यो भने अहिले यसलाई बढाएर १ सय २० घण्टा बनाएको छ । वर्क परमिट भएका सबै खाले भिसा होल्डरले यो कोर्स गर्न सक्छन् । स्टुडेन्ट भिसा होल्डरहरुले सीओई लिएर पढ्न सक्छन् । प्राइमरी कोर्स पढ्नेले सेकेण्डरी कोर्स गर्न सक्ने हुनाले एउटा सिओई लिएको विद्यार्थीले अर्को सीओई लिन सक्छन् ।
यो कोर्स पाका उमेरका व्यक्तिहरुसंग सम्बन्धित भएकोले काम गर्दा संवेदनशील भएर काम गर्नुपर्ने हुन्छ । यसमा वृद्ध वृद्धा संग संगै रहनुपर्ने हुन्छ । त्यसैले सहनशीलता, सकारात्मक विचार, हँसिलो अनुहार भएका व्यक्तिहरुलाई यो करियर अझ बढी राम्रो हुन्छ ।
विद्यार्थीहरुको लागि एज्ड केयर सम्बन्धि कोर्स आम्दानि गर्नको लागि राम्रो अवसर रहेको कोर्स हो । आगामी पांच वर्षमा यस सम्बन्धि जागिर ५०,००० सम्मले बढ्ने अनुमान समेत गरिएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments