काठमाडौं । कलाकार निक्की कार्कीलाई यौन दुर्व्यवहार गर्ने सुशील नेपाल कारबाहीमा परेका छन् । गत सेप्टेम्बर २३ तारिखमा नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा) को बिशेष आकस्मिक बैठकले नेपाललाई साधारण सदस्य बाट निष्काशित गरेको छ ।

सस्न्थाको नव निर्वाचित कार्यकारी उपाध्यक्ष सुशील नेपाललाई संस्थाको बिधानअनुसार साधारण सदस्य समेत नरहने गरि निष्काशन गरिएको हो ।

नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकाल तथा महासचिब कृष्ण श्रेष्ठले विज्ञप्ति जारि गरि सो कुरा सार्वजनिक गरेका हुन् ।

निक्किले फेसबुकमा लाइभ भिडियो मार्फत सुशील नेपालले सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट शहरमा आयोजित नासा अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी उनलाई यौन दुर्व्यहार गरेको उल्लेख गरेकी थिईन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments