जीवनशैली डेस्क । नेपाली जिब्रो न हो विश्वका जुनसुकै कुनामा पुगेपनि नेपाली स्वादको तिर्सना भइरहन्छ । अझ विदेशमा हुनेले त सबैभन्दा बढी मिस गर्ने भनेकै नेपाली परिकार

हुन् । त्यसैमध्येमा पर्छ फापरको ढिडो । पछिल्लो समय नेपाली परिकार मध्ये फापरको ढिडो खाने ठूलो जमात थकाली भोजनालयहरुमा भेटिन्छन् । विदेशमा सञ्चालनमा रहेका नेपाली रेष्टुराँहरुमा पनि फापरको ढिडोको खूब माग हुने गर्दछ । विभिन्न रोगका लागि पनि फाईदाजनक ढिडो सामान्य तरिकाले आफ्नै घरमा पकाउँन सकिन्छ ।

सामग्री

पानी १ लिटर २०० ग्राम
फापरको पिठो
२० मिलिलिटर शुद्ध घिउ

पकाउने विधि

– गहिरो भाडामा पानी राखी आगोमा तताउने (कसौडी भए बेस)

– पानीमा अलिकति १ चिम्टी जति पिठो राखी पानी राम्ररी उमाल्ने

– राम्ररी उम्लेको पानीमा फापरको पिठोलाई विस्तारै हाली पन्युले चलाउने

– ९घिउ राखीलगातार राम्ररी ५ मिनेट जति चलाउने ९यो प्रक्रियालाई नेपाली ठेट शब्दमा ढिडो मस्काउने वा ओडाल्ने भनेर भनिन्छ । ०

– सानो आगो गरेर ५–७ मिनेट पकाउने

– त्यसपछि तात्तातै ढिडोलाई अरु झोलयुक्त तरकारी तथा मासुसँग खान सकिन्छ ।

Comments