आज सेप्टेम्बर ८ तारिख अन्र्तराष्ट्रिय साक्षरता दिवस एवम् राष्ट्रिय शिक्षा दिवस ।

समृद्धिका लागि सारक्षरता र प्रविधियुक्त शिक्षा भन्ने नाराका साथ नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । सरकारले १५ बर्षदेखि ६० बर्ष उमेर समुहका निरक्षर नागरिकलाई साक्षर बनाउन २०६३ सालदेखि मुलुकभरबाट निरक्षरता उन्मुलन गर्न निरन्तर अभियान सञ्चालन गरिरहेको छ । यो अवधिमा ६१ लाखलाई साक्षर बनाईसकेको अनौपचारिक शिक्षा केन्द्रले जनाएको छ । यो बर्ष १७ लाख नागरिकलाई साक्षर बनाउने सरकारी लक्ष्य छ । त्यसका लागि सरकारले एक अर्व रुपैंया बजेट छुट्याएको छ ।

संयुक्त राष्ट्रसघंको सबैका लागि शिक्षा अभियानअन्र्तगत सन् २०१५ सम्ममा मुलुकबाट निरक्षरता उन्मुलन गर्ने प्रतिबद्धता सरकारले जनाईसकेको छ ।

Comments

comments