नेत्र दान, रक्तदानलगायत शरीरका कुनै विशेष अंग दानबारे त सुनिएकै हो । शरीर नै दान गर्ने सुन्दा पक्कै पनि अचम्म लाग्छ । यस्तै अचम्ममा पार्ने कुराको घोषणा गरेकी छन् बलिउड अभिनेत्री ऋतुपर्ण सेनगुप्ताले ।
उनले शरीर दान भने जीवित रहेकै बेलामा भने गर्ने छैनन् । मरणोप्रान्त उनले शरीर दान गर्ने भएकी हुन् । देवदत्त घोषको डकुमेन्ट्री ‘मरोणत्तर देहो दान’ मा अभिनय गरिरहेको बेला उनले शरीर दान गर्ने निर्णय गरेको उनले बताइन् । यस भन्दा पहिला नेत्र दान गर्ने घोषणा गरेकी उनले शरीरका विभिन्न भाग अरूलार्इ काम लाग्ने बुझेपछि यो कदम चालेकी हुन ।
देह दान गर्न हुन्न भन्ने समाजमा व्याप्त अन्धविश्वास तोड्न पनि यो कदमले सहयोग गर्छ भन्ने उनको भनार्इ छ ।

Comments

comments