एजेन्सी । जर्मनीमा भएको चुनावबाट एङ्गेला मर्केल चौथो कार्यकालका लागि चान्सलरको रुपमा निर्वाचित हुनुभएको छ ।

मर्केल चान्सलरको रुपमा चौथो कार्यकालका लागि निर्वाचित भएपनि संघीय चुनावमा उहाँको पार्टी कन्जरभेटिभ सिडियुरसिएसयुले भने राम्रो नतिजा ल्याउन सकेको छैन ।

संसदमा पहिलो पार्टी बने पनि मर्केलको पार्टीले बहुमत भने नल्याउने पक्का भएको छ । यो पछिल्लो ७० वर्षमा सिडियुरसिएसयु पार्टीको संघीय चुनावमा सबै भन्दा खराब नतिजा हो । मर्केलको पार्टीसँग अहिले गठबन्धनमा रहेको सोसल डेमोक्र्या्टिक एसपिडी पार्टीले चुनावमा बेहोरेको हारपछि प्रतिपक्षमा जाने निर्णय गरेको छ ।

द नेश्नलिस्ट एएफडी पार्टी संसदमा तेस्रो पार्टी बन्ने देखिएको छ । झण्डै ६ दशकको इतिहासमा नेश्नलिस्ट पार्टी जर्मनीको संसदमा प्रवेश गर्न लागेको यो पहिलो पटक हो ।

Comments

comments