मेलबर्न । केही दिन अगाडी मात्र ‘फाइनल’ समपन्न भएको नेपालको सर्वाधिक लोकप्रिय रियालीटी शो नेपाल आइडलको उपाधि विजेता बुद्ध लामा , फस्ट रनर अप निशान भट्टराई र सेकेन्ड रनर अप प्रताप दास अष्ट्रेलिया आउने भएका छन् ।

नेपाली टच अष्ट्रेलियाले उनीहरुलाई अष्ट्रेलिया भ्रमणमा ल्याउन लागेको बताइएको छ ।

आगामी नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म हुने भनिएको भ्रमणमा सिड्नी ,ब्रिसबेन , मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ , डार्बिन र क्यानबेरामा कार्यक्रम हुने बताइएको छ ।

भ्रमण कार्यक्रममा बुद्ध, निशान र प्रताप संगै प्रस्तोता तथा व्यवस्थापक सुशील नेपाल पनि आउनेछन् ।

Comments

comments