चीन सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क शिखर सम्मेलनको सुरक्षाका लागि नेपाल प्रहरीलाई करिब १० करोड रुपैंयाँ बराबरको प्राविधिक सहयोग उपलब्ध गराएको छ ।

आगामी मंसिर १० र ११ गते काठमाडौमा आयोजना हुने सार्कको १८ औं शिखर सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दे सरकारले चीनबाट स्क्यानर, मेटल डिटेक्टर, सीसीटीभी, सवारी साधन लगायत प्राविधिक उपकरण ल्याएको हो । ती सवारी तथा सञ्चार उपकरण अनुदानमा उपलब्ध भएका हुन् । सार्कमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंंका र अफगानिस्तान गरी आठ राष्ट्र आवद्ध छन् । चीन सार्कको पर्यवेक्षक राष्ट्र हो । प्रधान कार्यालय स्रोतका अनुसार पेट्रोलबाट चल्ने हाइस माइक्रो भ्यान लगायत १० वटा आरामदायी सवारीसाधन चीनबाट ल्याइएको छ ।

Comments

comments