मेलबर्न । अष्ट्रेलिया सरकारले एक नेपाली विद्यार्थीलाई सम्मान गरेको छ । यम धिताललाई अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको पुरस्कारबाट सम्मान गरेको हो ।

गत डिसेम्बर ७ तारिखको दिन आफू बस्ने घरको छिमेकको घरमा आगो लाग्दा आगोमा पर्न लागेको परिवारलाई बचाउन उनले देखाएको साहस र गरेको नि:स्वार्थ सेवाको कदर गर्दै धिताललाई सम्मान गरिएको बताइएको छ । धितालले आगो बलिरहेको घरको झ्यालमा आमाले हातमा लिएर कराइरहेको बच्चालाई उनलाई आफूतिर फ़ाल्दिन आग्रह गरि बच्चालाई सकुशल उद्धार गरेका थिए । उनले नै प्रहरीलाई जानकारी दिएपछि उद्धार टोलि आएर सबैको उद्दार गरिएको थियो ।

सिड्नीमा घटेको यो घटनापछि अष्ट्रेलियाभर चर्चामा छाएका यम धिताललाई गत शुक्रबार गभर्मेन्ट हाउसमा सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय विद्यार्थी मध्येमा अन्तिम तीनको सूचीबाट अष्ट्रेलिया सरकारले यम धिताललाई सम्मान गरेको हो ।

Comments

comments