अमेरिकी खेलाडी सेरेना विलियम्सले यस वर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छन् ।
अमेरिकाको न्युयोर्कस्थित फ्लसिङ मिडोजमा भएको खेलमा डेनमार्ककी खेलाडी क्यारोलिन वोज्नियाकीलाई हराउँदै विलियम्सले करीयरमा अर्कों ग्रान्स्लाम उपाधि थपेकी हुन् । वोज्नियाकीविरुद्धको खेल सेरेनाले ६–३ र ६–३ को सोझो सेटमा जितेकी हुन् । सेरेनाको लागि यो छैटौं युएस ओपन उपाधि हो । यो जितसँगै सेरेना टेनिस खेलको इतिहासमा सर्वाधिक ग्रान्स्लाम जित्ने खेलाडीको सूचीमा चौथो स्थानमा उक्लिएकी छन् । उनीसँगै मार्टिना नाभ्रातिलोभा र क्रिस इभर्टले १८–१८ पटक ग्रान्स्लाम उपाधि जितेका छन् ।

युएस ओपनको पुरुष एकलको उपाधिका लागि जापानका केइ निशिकोरी र क्रोएसियाका मारिन सिलिच भिड्नेछन् ।

Comments

comments