एजेन्सी । अमेरिकाको बम वर्षक विमानले उत्तर कोरिया नजिक भएर उडान भरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुनै पनि खतरा सामना गर्न केही विकल्पहरु रहेको देखाउन यो उडान भरेको रक्षा मन्त्रालय पेपन्टागनका प्रवक्ता डाना ह्वाइटले बताएका छन् ।

केही दिनयता उत्तर कोरिया र अमेरिकाबीच ‘वाक युद्ध’ चर्को युद्ध चलिरहेको छ । ‘यी उडानहरुले उत्तर कोरियाको लापर्बाही रबैयालाई कत्तिको गम्भीरतापूर्वक लिन्छ’– अमेरिकाद्वारा जारी बयानमा भनिएको छ ।

यदि अमेरिकाको आफ्नो तथा आफ्नो सहयोगीको रक्षाका लागि उत्तर कोरियालाई पूरै नष्ट गर्न बाध्य हुने भनी मंगलबार संयुक्त राष्ट्रसंघमा दिएको आफ्नो भाषणमा ट्रम्पले चेतावनी दिएका थिए ।

गत शनिवार उत्तर कोरियाको परमाणु परीक्षणस्थल नजिक ३ दशमलव ४ रेक्टरको भूकम्पको महशुश भएको थियो । उक्त भूकम्प उत्तर कोरियाले परमाणु परीक्षण गरेका कारण गएको आशंका गरिएको थियो । तर विशेषज्ञले भने शनिवार गएको भूकम्प प्राकृतिक घटना भएको बताएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments