काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकार पक्षबीच शनिबार हुने भनिएको वार्ता स्थगित भएको छ ।

मन्त्रिपरिषद्को निर्णयविरुद्ध आन्दोलनरत चिकित्सकसँग सहमति जुटाउन  शनिबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमातय भएको बैठक अन्तिममा आएर स्थगित गरिएको हो ।

नेपाल चिकित्सक संघको अगुवाईमा चिकित्सकहरु विभिन्न माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएपछि सरकार अप्ठेरोमा परेको छ ।

‘कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारको उपस्थितिमा सहमति जुटाउनु भनिए पनि सरकारी पक्षले अन्तिममा वार्ता स्थगनको जानकारी दियो,’ नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments