काठमाडौं । नजिकिदो दशैलाई लक्षित गर्दै राजधानीमा दशैं थिममा फेसन शो सम्पन्न भएको छ ।

शुक्रवार काठमाडौंको जमलस्थित विश्वज्योति मलमा आयोजित कार्यक्रममा चर्चित मोडल क्षितिजा शाक्य,समिया बर्तौला,मनिष राउत,नबिन न्यौपाने लगायत अन्य मोडेलहरु नेपाली कच्चा पदार्थबाट तयार पारिएको पहिरन सहित र्याम्पमा उत्रिएका थिए । कार्यक्रममा बालबालिका र आमाहरुले समेत आर्कषक पहिरनमा क्याटवाक गरेका थिए । ग्लोरी मर्निङ इन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रममा अकल्प बुटिक,कुसुम बुटिक, रि ब्लुम फेशन बुटिक,पेज थ्रीका पहिरनहरु प्रस्तुत गरिएको थियो । फेशन शोलाई मनिष राउत र बिपासना क्षेत्री खनालले करियोग्राफ गरेका थिए । कार्यक्रममा बरिष्ठ गायिका कुन्ति मोक्तानको पनि बिषेश प्रस्तुति रहेको थियो । डिजे नानीको सांगीतिक प्रस्तुतिमा उपस्थित दर्शकहरुले विशेष मज्जा लिएका थिए ।

स्वदेशमै उत्पादित ह्याम्स लगायतका कच्चा पदार्थबाट बन्ने पोशाकले अन्तराष्ट्रिय बजार लिईरहेको अवस्थामा हामीले पनि स्वदेशमै निर्मित पहिरनलाई प्राथमिकता दिउँ भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाकी निर्देशक मोहना क्षेत्रीले बताईन् ।

Comments

comments