मेलबर्न । अमेरिकामा बस्दै आएकी युट्युव गर्ल निक्की कार्कीले आफूमाथि यौन दुव्र्यवहार भएको खुलासा गरेकी छिन् ।

सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै गायिका निक्कीले अमेरिकामै आयोजित एक सांगीतिक कार्यक्रमका आयोजकबाट आफूमाथि यौन दुव्र्यवहारको प्रयास भएको बताएकी हुन् ।

गत सेप्टेम्बर २ मा अमेरिकाको नर्थ क्यारोलिनामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुन जाने शिलशिलामा आयोजक सुशील नेपालले उनलाई यौन दुर्व्यबहार गरेको निक्कीले आरोप लगाएकी छिन्। । निक्कीले आयोजक नेपालले अप्रत्यक्ष रुपमा एउटै ओछ्यानमा सुत्न प्रस्ताव गरि आफुसंग शारीरिक सम्बन्ध राख्ने चाह व्यक्त गरेको दाबी गरेकी छिन् ।

उनले यसबारेमा आयोजक संस्था र प्रहरी समक्ष उजुरी गर्दा समेत कुनै कारवाही नभएको भन्दै गुनासो गरेकी छिन् । निक्कीले लगाएको आरोपबारे आरोपित नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

 

 

Please follow and like us:

Comments