सन् २०१६ मा हुने युरोकप फुटबल प्रतियोगिताको लागि गएराति भएको छनोट खेलमा जर्मनीले स्कटल्याण्डलाई २–१ गोल अन्तरले हराएको छ ।

जर्मनीमा भएको खेलमा विश्वकप विजेता जर्मनीलाई विजयी गराउन दुबै गोल थोमस मुलरले गरे । युरोकप छनोटकै अर्काे खेलमा पोल्याण्डले जिब्रेलटारलाई ७–० ले हराउँदा आयरल्याण्डले जर्जियालाई २–१ ले हरायो । यसैगरी, नर्दन आयरल्याण्डले हंगेरीमाथि २–१ को जित निकाल्दा रोमानियाले ग्रीसलाई १–० ले पराजित ग¥यो ।

युरोकप छनोटकै खेलमा डेनमार्कले अर्मेनियालाई २–१ ले पराजित गर्दा पोर्चुगलले अल्बानियासँग १–० को अप्रत्याशित हार ब्यहोरेको छ ।

Comments

comments