गोरखा ।  जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका तीन जना थुनुवा शुक्रबार प्रहरीको घराबाट भागेका छन् ।

सुक्रबार राति १२. ४५ बजे हिरासतभित्रको शौचालयको रड भाँचेर थुनुवा फरार भएका प्रहरीले जानकारी दिएको छ । प्रहरीको डियटी फेरिने समय पाररे भागेको प्रहरीको भनाइ छ ।

फरार तीनै जना थुनुवा सार्वजनिक अपराध ऐन अन्तर्गत अनुसन्धानका लागि पक्राउ परेका थिए। फरार हुनेमा गोरखा नगरपालिकाका ६ का दिपेश मजाकोटी, भीमसेन गाउँपालिका ३ का अभिषेक अधिकारी र भीमसेन गाउँपालिकाकै सन्दीप सुर्खेती रहेका छन्।

तीनमध्ये अधिकारी र सुर्खेती लागूऔषधको कारोबारीको आरोपमा पक्राउ परेका थिए । मजाकोटी गत भदौ १८ गतेदेखि थुनामा थिए भने अधिकारी र सुर्खेती बिहीबारमात्रै पक्राउ परेका थिए।

फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Comments

comments