काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको न्युरोडस्थित जुद्ध शालिक नजिकै बन्दै गरेको व्यापारिक भवन भत्काउन आदेश दिन नगर विकास कार्यान्वयन योजना समितिलाई अनुरोध गरेको छ । गोरखापत्रमा समाचार छ ।

व्यापारिक भवन स्वीकृत मापदण्डविपरीत बनिरहेको समाचार प्रकाशमा आएपछि जिल्ला प्रशासन कार्यालयद्वारा गठित समितिले दिएको प्रतिवेदनका आधारमा उक्त अनुरोध गरिएको हो । भवन महर्जन बिजनेस एसोसिएट्स प्रालिले नियो क्लासिक डिजाइनमा निर्माण गरिरहेको छ ।

प्रतिवेदनपछि उक्त भवन प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संशोधन सहित) को दफा ९ बमोजिम स्वीकृत मापदण्डविपरीत बनेको भवन भत्काउन आदेश दिन नगर विकास योजना कार्यान्वयन समितिलाई अनुरोध गरिएको हो । हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रभित्र पर्ने उक्त भवन प्राचीन स्मारक संरक्षण ऐनविपरीत निर्माण भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

पुरातत्व विभागअन्तर्गतको विश्व सम्पदा संरक्षण शाखालगायत विभिन्न निकायले निर्माणाधीन भवन मापदण्डविपरीत भएको भन्दै निर्माण रोक्न काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको थियो । उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले उक्त भवन निर्माणको अवस्थाबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments