काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गर्नुभएको छ ।

दशैंको टीकाका दिन सर्वसाधारणको घुइँचो लाग्ने निर्मल निवास यो वर्ष शुन्य हुने भएको छ । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिनुभयो ।

पूर्वराजा ज्ञानेन्द्रले टीकाको १४ गते दिन बिहान १० बजेर ४५ मिनेटमा मूल पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम तय भएको छ । निर्मल निवासको त्रिशुल सदनमा आफन्तलार्य टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments