काठमाडौं । सरकार समयमै गम्भीर नहुँदा दशैंको मुखमा राजधानीका सडकमा फोहोरको डंगुर लाग्न थालेको छ ।

०६२ सालमा तीन वर्षका लागि नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटमा फोहोर पाल्न थालिए पनि १३ वर्षसम्म कनुै बिकलप अघि नबढाउँदा बारम्बार देखिने समस्याका कारण राजधानी दुर्गन्धित हुने क्रम रोकिएको छैन ।

०६५ देखि सिसडोलको विकल्पका रुपमा कम्तीमा ५० वर्षका लागि सोही क्षेत्रको बञ्चरेडाँडा ल्यान्डफिल साइटलाई समयमै पूर्णता नदिँदा समस्या बल्झिरहेको हो ।

Comments

comments