काठमाडौं । भारतको निकै लोकप्रिय फिल्म ‘बाहुबली २’ की अभिनेत्री ‘देवसेना’ अर्थात अनुष्का शेट्टीको प्रतिभावान नायिका हुन् । यसको प्रमाण बहुचर्चित फिल्म ‘बाहुबली’ मै भेट्न सकिन्छ ।

अभिनयलाई एकदमै निखारताका साथ पस्किने अनुष्का ,फिल्मको भूमिका अनुसार चरित्रलाई वास्तविक देखाउनको लागि आफ्नो वजन घटाउने र बढाउने समेत गर्न सक्छिन्।

अनुष्काले साउथ फिल्म ‘साइज जिरो’को लागि २० केजी वजन बढाएकी थिइन्। उनले यस फिल्ममा एक मोटी केटीको भूमिका निर्वाह गरेकी थिइन्। सने २०१५ मा २० किलो मोटी भएकी अनुष्काले ‘बाहुबली’ फिल्म खेल्न फेरी वजन घटाएर आफ्नै अवतारमा फर्किइन्।

Comments