काठमाडौं । चलचित्र ‘ऐश्वर्य’को ट्रेलरले सार्वजनिक भएको केही घण्टामै वाहिवाहि कमाएको छ । अभिनेता रमेश उप्रेतीको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ को ट्रेलर बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा ‘ऐश्वर्य’ पात्रको लागी चलचित्रका दुई अभिनेता रमेश उप्रेती र प्रशान्त ताम्राकार बिचको भिडिन्तलाई देखाईएको छ । एक्सन र रोमान्सले भरपुर ट्रेलरमा अभिनेत्री केकी अधिकारी पनि अटाएकी छिन् । यस अघि सार्वजनिक भएको चलचित्रको टिजर र पोस्टरमा केकीलाई राखिएको थिएन ।

‘ऐश्वर्य’को ट्रेलरमा नव–नायिका दिपिका प्रसाईलाई बोल्ड अवतारमा देखाइएको छ । मोडल बन्ने सपना बोकेकी एक युवतीको रुपमा दिपिकालाई देख्न सकिन्छ । चलचित्रमा रमेश, प्रशान्त र दिपिका, केकीको साथमा निर्मल शर्मा , अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको चलचित्र कात्तिक ९ गते प्रदर्शन हुदैँ छ ।

Comments

comments