रौतहट । रौतहटको मौलापुर नगरपालिकामा नेकपा माओवादाी केन्द्रकी रिनाकुमारी साह मेयरमा निर्वाचित हुन सफल भएकी छन् । यो सँगै दुर्इ नम्बर प्रदेशमा पहिलो महिला मेयरका रूपमा उनले आफूलार्इ उभ्याउन सफल भएकी छन् ।

मेयर पदकी उम्मेदवार साहले ३९१३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनले निकटतम् प्रतिस्पर्धी भन्दा १७८७ मत धेरै ल्याउन सफल भइन । उपमेयरमा पनि माओवादी केन्द्रकै गौरी शंकर जयसवालले ३८८९ मत ल्याएर जित निकालेका छन् ।

निराकुमारीसँग पराजित भएका मेयरका प्रतिस्पर्धी राजपा नेपालका रवीन्द्र कुमार पटेलले २१२६ मत ल्याउन सफल भएका छन् ।

Please follow and like us:

Comments