काठमाडौं । नेपाल खाद्य संस्थानले दशैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ । संस्थानले प्रतिकिलो बोका ४ सय ५०, खसी ४ सय ५५ र च्याङ्ग्रा ६ सय ७५ मूल्य निर्धारण गरी आजदेखि बिक्री वितरण गर्दैछ ।

दशैँका बेलामा मासुको मूल्यलाई नियन्त्रण गर्न संस्थानले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट स्वस्थ खसीबोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याउने गर्दछ । संस्थानका वाग्मती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अहिले मुस्ताङबाट पाँच सय च्याङ्ग्रा आइसकेकाले त्यसलाई बिक्री गरिने जानकारी दिँदै अरु पाँच सय च्याङ्ग्रा आउने क्रममा रहेको बताउनुभयो ।

दाङ र हेटौँडाबाट एकहजार पाँच खसी ल्याउन लागेकोमा वर्षाका कारण केही बाटोमा रोकिएका छन् भने दुई सय खसी काठमाडौंमा आइसकेका छन् ।

यही असोज १० गतेसम्म थापाथलीस्थित संस्थानको गोदामबाट बिक्री वितरण गरिने प्रमुख न्यौपानेले जानकारी दिनुभयो । अहिले गोदाममा खसीबोका तथा च्याङ्ग्रा खरिद गर्न आउनेको चहलपहल बढेको छ ।

Comments

comments