नेपालले १६ बर्षमुनिको एएफसी च्याम्पियनसिप फुटवलमा उज्वेकस्तानसँग बराबरी खेलेको छ ।

थाइल्याण्डमा आफ्नो पहिलो खेलमा नेपालले समूहको सबैभन्दा बलियो मानिएको टोली उज्वेकस्तानसँग १–१ को बराबरी खेलेको हो । ५३ औं मिनेटमा पेनाल्टिबाट अग्रता लिएपनि अतिरिक्त समयको अन्तिम मिनेटमा किरण सुनारले गोल गर्दै खेल बराबरीमा पु¥याएका हुन् । प्रतियोगिताको समुह सीमा रहेको नेपालले मंगलबार उत्तर कोरीयासंग र बिहीबार कुवेतसँग खेल्नेछ ।  यो समुहको शीर्ष २ स्थानमा रहे नेपाल नकआउट चरणमा पुग्ने छ ।

Comments