झापा । माछा मार्न गएका झापाको गौरादह नगरपालिका वडा नम्बर ९ का एक युवकको खोलामा डुबेर मृत्यु भएको छ । स्थानीय खजुरबारीस्थित सुखादी खोलामा डुबेर सोही ठाउँका १८ वर्षीय चन्द्रमणि सतारको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

मादक पदार्थ सेवन गरेर माछा मार्न गएका सतारलाई अचानक सुखादी खोलाले बगाएको थियो । बुधबार बिहान ६ बजेतिर माछा मार्न गएका उनी दिउँसो मृतावस्थामा भेटिएका थिए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments