मेक्सिको सिटी । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ सय ४८ पुगेको छ ।

भूकम्पको मापन ७ दशमलव १ म्याग्निच्युडको रहेको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ ।

मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन् । उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन् ।

भकम्पपछि उद्वारकार्य जारी छ । कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ । सिन्ह्वा

Comments