एजेन्सी । मेक्सिकोमा ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ ।

भूकम्पले दर्जनौं भवनहरु भत्किएका छन् । उद्धारकर्मीहरुले भूकम्पले भत्किएका भवनहरुमा जीवित नागरिकको खोजी गरिरहेका छन् । मर्नेको संख्या अझै बढ्ने अधिकारीहरुले बताएका छन् ।

मंगलबार एक बजेर १४ मिनेट जाँदा आएको भूकम्पको केन्द्र पुएब्ला प्रान्तको एन्टेसिगोको नजिक रहेको थियो । यो इलाका मेक्सिको सिटीबाट १ सय २० किलोमिटर टाढा पर्दछ ।

अमेरिकी जिओलोजिकल सर्भेकाअनुसार भूकम्पको गहिराई ५१ किलोमिटर गहिराई रहेको थियो । भूकम्पले मेक्सिको सिटी, मोरलियोस तथा पुएब्ला प्रान्तमा ठूलो नोक्सानी पुर्याएको छ ।

मेक्सिकोमा ३२ वर्षअघि गएको विनाशकारी भूकम्पले दश हजार मानिसको ज्यान गएको थियो । मंगलबार मेक्सिकोसिटीमा भूकम्पको समयमा कसरी बच्न सकिन्छ भन्ने छलफल भइरहेकाबेला भूकम्पले आतंक मच्चाएको थियो ।

भूकम्पपछि केही समयका लागि मेक्सिको सिटीको विमानस्थल बन्द गरिएको थियो भने पूरै शहरको घरहरु खाली गरिएको थियो । मेक्सिको सबैभन्दा बढी भूकम्प जाने देश हो ।

यही महिनामा मेक्सिकोको दक्षिणी क्षेत्रमा ८ दशमलव १ रेक्टरको शक्तिशाली भूकम्प आएको थियो । उक्त भूकम्पका कारण कम्तीमा ९० जनाको ज्यान गएको थियो । मंगलबार आएको भूकम्पका कारण मोरलियोस राज्यमा ५४ जना, पुएब्लोमा २६ जना तथा मेक्सिकोको सिटीमा ३० जनाको मृत्यु भएको पुष्टी भएको बीबीसीले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments