अमेरिकी र नेपाली सैनिकहरुको संयुक्त अभ्यास भोलिदेखि नेपालमा शुरु हुँदैछ ।

चितवनको शक्तिखोर र मकवानपुरको मनहरिमा भोलिदेखि भदौ २८ गतेसम्म हुने अभ्यासको तयारी अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ । ‘एक्स प्यासिफिक एन्जेल २०१४’ नाम दिइएको सो अभ्यासले युद्दका बेला घाइते भएकाहरुको उपचार पद्धतिबारे दुई सेनाबीच साटासाट हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

हरेक देशमा प्रयोग हुने नयाँ खालका प्राथमिक उपचार पद्धतीको बारेमा समेत अनुभव आदानप्रदान गरिने बताइएको छ । उपचारसँगै विपद् व्यवस्थापनको विषयमा समेत अभ्यास हुने सेनाले जनाएको छ । अभ्यासमा अमेरिकी र नेपाली सेनासहित अष्ट्रेलिया , बंगलादेश र मंगोलियालगायतका देशबाट समेत केही सेनाहरु नेपाल आइसकेका छन् ।

Comments