काठमाडौं । नेपाली चलचित्रका चर्चित गीत ‘गाला रातै’, ‘स्लोली स्लोली’ की गायिका मिलन अमात्यको श्रीमानसँग डिर्भोस भएको छ । करिब ६ वर्ष अगाडी देखिको सम्बन्धलाई काठमाडौ जिल्ला अदालतबाट विच्छेद गरिएको उनका श्रीमान मेन्सनले मिडियालाई जानकारी गराएका हुन् ।

उनले केही दिनअघि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरुका निकट श्रोतले बताएअनुसार मिलन केही वर्षदेखि गायक दीपक लिम्बुसँग प्रेममा छिन्। मिलनले पछिल्लो एल्बम ‘मिलन संजोग’ निकालेकी थिइन् । पारिवारिक स्रोतका अनुसार दीपक लिम्बुको नागरिकताको नाम पनि संजोग हो । त्यसैले गायक लिम्बु संगको प्रेम नै डिभोर्सको मूख्य कारण रहेको उनीहरु निकट स्रोतले जनाएको छ ।

डिभोर्स बारे जानकारी दिएपनि मेन्सनले कारण खुलाउन चाहेनन् भने गायिका मिलन सम्बन्ध बिच्देछ बारे बुझ्न खोज्दा मिलन मिडियाको सम्पर्कमा आएकी छैनन्।

Comments

comments