मेलबर्न । अष्ट्रेलियामा स्टुडेन्ट भिसामा आएका नेपालका प्रभाकर कुमार मण्डल दश वर्ष देखि हराइरहेका छन् । सिराहा घर भएका उनी प्रहरीले खोजी कार्य तिव्र पार्दा पनि अझै भेटिएका छैनन् ।

सन् २००७ देखि परिवारको सम्पर्कमा नआएका उनलाई प्रहरीले पत्ता लगाउन नसकेपछि इमिग्रेसन तथा बोर्ड प्रोटेक्सन विभागलाई खोजिदिन आग्रह गरिने भएको छ । सम्पर्कमा नआएपछि उनको परिवारले खोजिदिन आग्रह गर्दै दुतावासमा निवेदन दिएको थियो ।

निवेदनमा प्रभाकर पर्थमा बस्ने उल्लेख गरिएको थियो । सोही अनुसार प्रहरीले खोजी कार्य अगाडी बढाउँदा उनी बारे केही पत्ता नलागेपछि अध्यागमन विभागलाई उनी अष्ट्रेलिया प्रवेश गरेको र अष्ट्रेलियाबाट बाहिर गएको बारे अनुसन्धान गर्न आग्रह गरिने भएको हो ।

Comments