मेलबर्न । अष्ट्रेलियावासी नेपालीको लगानीको लगानीमा नेपाली चलचित्र ‘सुनकेशरी’ निर्माण भैरहेको छ । आईतबार अष्ट्रेलियाको सिड्नीस्थित रकडेलमा पत्रकार सम्मेलनको आयोजना गरि अष्ट्रेलिया निवासी नेपाली चलचित्रका निर्माता एवं कलाकार भीम न्यौपाने र नायिका ऋचा शर्माको संयुक्त निर्माणमा चलचित्र सुनकेशरी निर्माण भैरहेको जानकारी गराइएको हो ।

नायिका ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, भिम न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहने चलचित्रको सम्पूर्ण प्राविधिक पक्ष हलिवुड र अष्ट्रेलियन फिल्म उद्योगमा काम गरिरहेका व्यक्तिहरुले हेर्नेछन् । चलचित्रलाई निर्देशक अर्पण थापाले निर्देशन गरिरहेका छन् ।

हरर जेनराको भनिएको चलचित्रमा सन् १८८० मा निर्माण गरिएको एउटा अष्ट्रेलियन दरबार बुटिक होटलमा परिणत हुने क्रममा कथाका पात्र सुनकेसरी, रुपेन र एमाले हो पहिलो गेष्ट हुन पुग्छन् । निर्देशक अर्पण थापाका अनुसार होटलभित्र यी तीन पात्रहरुसँग भूतप्रेतको चहलपहलसँग हुने जीवन मरणको संघर्ष कथा नै सुनकेशरी हो ।

अष्ट्रेलिया निवासी शर्मिला सापकोटा र धर्मराज अधिकारीको सहनिर्माण रहेको चलचित्रको छायांकन दशैँ अगाडी नै सक्ने र सन् २०१८ को मध्यसम्ममा नेपालसहित विश्वभर सार्वजनिक गरिने बताइएको छ ।

Comments

comments