बारा । बारामा रहेका १६ स्थानीय तहमध्ये केही स्थानीय तहमा मंगलबार बिहानबाट मतगणना सुरु भएको छ । करिब ७५ प्रतिशत मत खसेको बारामा केही स्थानमा मतगणना सुरु गर्न अहिले सर्वदलिय बैठक बस्दै छ । जिल्लाका फेटा गाउँपालीका, आदर्शकोतवाल गाउँपालीका, सिम्रौनगढ नगरपालीका, बारागढी गाउँपालीका र पर्चौता नगरपालीका, जितपुरसिमरा उपमहानगरपालीकामा अहिले बिहान ५ बजदेखि मतगणना सुरु भएको हो ।

निजगढ, कोहल्बी नगरपालिकालगायत बाँकी स्थानीय तहमा ९ बजेपछि मात्रै मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको प्रारम्भीक मतपरिणाम अनुसार बारागढी गाउँपालीकामा नेपाली कांग्रेस अग्रस्थानमा छ भने संघीय समाजबादी फोरम छ । त्यस्तै आदर्शकोतवाल गाउँपालिकामा नेकपा एमाले अगाडि छ भने  नेपाली कांग्रेस, संघीय समाजबादी फोरम पछाडि छ ।

फेटामा बिहान ७ बजेसम्मको जानकारी अनुसार संघिय समाजबादी फोरम अगाडी छ भने नेपाली कांग्रेस दोश्रो स्थानमा छ । बारागढी गाउँपालीकामा नेपाली कांग्रेस अअगाडि देखिएको छ । कडा सुरक्षाका साथ मत गणना भइरहेको प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले जानकारी दिनुभयो ।

Comments

comments