काठमाडौं । संयुक्त राष्ट्रसंघको आणविक हतियार निषेधसम्बन्धी सन्धिमा नेपालले हस्ताक्षर गर्दै छ । राजधानी दैनिकमा समाचार छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन सोमबार न्युयोर्क गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राष्ट्रसंघको आणविक हतियार निषेध सन्धिमा हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यससम्बन्धी निर्णय मन्त्रिपरिषद्को बैठकले गरिसकेको छ ।

राष्ट्रसंघको गत जुलाईमा सम्पन्न सम्मेलनले सन्धिलाई अनुमोदन गरेको हो । सन्धि कार्यान्वयनका लागि कम्तीमा ५० सदस्य राष्ट्रले हस्ताक्षर र अनुमोदन गर्नुपर्ने प्रावधान छ  ।

सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रले आणविक हतियारको विकास, उत्पादन, परीक्षण, भण्डारण, स्थानान्तरण, आणविक हतियार प्रयोगको धम्की, प्रतिबन्धित कार्यलाई बढावा दिने काम गर्न सन्धिले प्रतिबन्ध लगाउनेछ ।

आणविक हतियार भएका देशहरूले सन्धिमा हस्ताक्षर गरे उनीहरूलाई आणविक हतियार उन्मूलनका लागि वार्ता गर्न समयसीमा दिइनेछ । सन् २०१६ को डिसेम्बरमा सम्पन्न राष्ट्रसंघको महासभाले यससम्बन्धी सन्धिको म्यान्डेटलाई स्वीकार गरेको थियो ।

सोही म्यान्डेटअनुसार सन्धिका लागि मार्चदेखि छलफल सुरु भएको थियो । सन्धिलाई राष्ट्रसंघको महासभाले ७ जुलाईमा अनुमोदन गरेको थियो ।

सन्धिका पक्षमा राष्ट्रसंघका १ सय २२ सदस्यले मतदान गरेका थिए । नेपालले समेत सन्धिको पक्षमा मतदान गरेको थियो भने विपक्षमा १ मत मात्र परेको थियो । विपक्षमा मतदान गर्ने देश नेदरल्यान्ड हो भने सिंगापुरले आफूलाई यस प्रक्रियाबाट बाहिर राखेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments