एजेन्सी। पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई भारतले २६ रनले हराएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८१ रन बनायो। ११ रनमै महत्वपूर्ण ३ विकेट गुमाएको भारतका लागि पाण्ड्याले ८३, धोनीले ७९ रन, केदाव जाधवले ४० र भुवनेश्वर कुमारले अविजित ३२ रन बनाए।  उत्कृष्ट फर्ममा रहेका पाण्ड्याले ५ छक्का प्रहार गरेका थिए।

पानी परेपछि डकवर्थ लुइस पद्दती अनुसार २१ ओभरमा १ सय ६४ रनको लक्ष्य पाएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । ग्लेन मेक्सवेलले ३९ र डेभिड वार्नरले २५ रन बनाउनुबाहेक अष्ट्रेलियाका कुनै ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जितसँगै भारतले शृंखलामा १–० को अग्रता बनाएको छ। हार्दिक म्यान अफ दि म्याच भए।

Please follow and like us:

Comments