काठमाडौं । गायक कमल खत्रीको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक खत्री आफैको शब्द, संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको ‘जाउँला रेलैमा…’ गीत सार्वजनिक भएको हो ।

नेपाली संगीत स्रोताहरु माझ लोकप्रिय भएका उनका यसभन्दा अगाडी गीतजस्तै यो गीतले पनि स्रोताहरुको मन जित्ने अनुमान गर्न सकिन्छ ।

गायक खत्रीले गीतको लिरिकल भिडियो आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

Comments

comments