काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सातौँ पटक मन्त्रिमण्ल विस्तार गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट दुईजना राज्य मन्त्री थपेको हो ।

यअसघि ५४ सदस्यीय रहेको देउवा मन्त्रिमण्डल यो विस्तारसँगै ५६ सदस्यीय भएको छ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकबाट कमला शर्मा र बिराज विष्टलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।

दुवैजना राप्रपा प्रजातान्त्रिकमा पनि असन्तुष्ट समूहका सांसद थिए । उनीहरुले यसअघि दिपक बोहोरा, विक्रम पाण्डे र सुनिल थापालाई मन्त्री बनाउँदा तीब्र असन्तुष्टि जनाउँदै पार्टीबाट बाहिरिने चेतावनी दिएका थिए ।

Comments

comments