काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तरगत गृह नगर गौरबाट मतदान गर्नुभएको छ । वरिष्ठ नेता नेपालले गौर नगरपालिका वडा नम्बर–२ जुद्ध माध्यमिक विद्यालय केन्द्रबाट सोमबार बिहानै मतदान गर्नुभएको हो ।

दुई नम्बर प्रदेशका आठ जिल्लास्थित १ महागरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १३६ स्थानीय तहमा अहिले मतदान भइरहेको छ ।

रोचक कुरा त के छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैलीमा नेता नेपालले पनि मतदान गर्नुभयो । अध्यक्ष ओलीले पहिलो चरणको स्थानीय तह निर्वाचनका क्रममा भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट चुनाव चिन्ह देखिने गरी मतदान गर्नुभएको थियो ।

मत दिइसकेपछि फोल्ड गर्ने क्रममा चुनाव चिन्ह छोप्नुपर्नेमा ओलीले चुनाव चिन्ह देखिने गरी ब्यालेट बक्समा मतपत्र हालेको फोटो सार्वजनिक भएपछि मतदता शिक्षा नपुगेको भन्दै व्यंग्य गरिएको थियो ।

तेस्रो चरणको स्थानीय तह निर्वाचनमा रौतहटको गौरबाट मतदान गर्नुभएका नेपालले ओलीशै शैली पछ्याउनुभयो । उहाँले पनि ओलीले जस्तै मतपत्र उल्टो फोल्ड गरेर ब्यालेट बक्समा खसाउनुभयो । पत्रकारहरुले फोटो खिच्ने क्रममा उहाँले प्रयोग गरेका मतपत्रको चुनाव चिन्ह प्रष्ट देख्न सकिन्थ्यो ।

वरिष्ठ नेता नेपाल एमालेलाई जिताउन एक महिनादेखि तराई–मधेसमै केन्द्रित हुनुहुन्छ । उहाँले दुई नम्बर प्रदेशमा एमालेको चुनावी प्रचारका क्रममा एकै दिन १३ वटासम्म सभालाई सम्बोधन गर्न भ्याउनुभएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments