चितवन । खुट्टाका नंग्रा फट्टिएको एउटा पोथी बाघ । यही कारण यसको नाम स्थानीयले ‘नंग्रे पोथी’ राखेका छन् । यसले अहिलेसम्म २० भन्दा बढी मानिस मारिसकेको छ । तर पनि स्थानीय भन्छन्, ‘यो पोथी बाघ अझै ५/६ वर्ष बाँच्नुपर्छ । यसको बानीव्यहोरा कसरी परिवर्तन भयो भन्ने अध्ययन गर्नुपर्छ ।’

नंग्रे पोथी बाघ मात्र होइन यसअघि ‘धु्रवे हात्ती’ ले पनि १५ भन्दा बढी मानिस मारेको थियो । अहिले ‘ रोनाल्डौ’ नामको हात्तीले आक्रमण गरेर दुःख दिइरहेको छ । यसले हात्ती प्रजन् केन्द्र खोरसोर नजिकै भारतीय पर्यटकलाई मारेको थियो ।

गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १४ जनाको ज्यान गएको देखिन्छ । राष्ट्रि निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग स्रोतबाट प्राप्त तथ्यांक अनुसार २०६०/६१ देखि ०७३/०७४ सम्म विभिन्न वन्य जन्तुको आक्रमणबाट चितवनमा मात्र एक सय ४४ जनाको ज्यान गएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments