काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तरगत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वाटफोर्डमाथि गोलबर्षा गरेको छ । यो सिजन खेलाडी खरिदमा ठुलो रकम खर्चेर मैदानमा उत्रेको सिटीका लागि सर्जियो अग्वेरोले ह्याट्रिक गरे । अन्य गोल ग्याब्रियल जिसुस, राहिम स्टर्लिङ र निकोलास ओामेन्डीले गर्न सफल भए ।

सिटीका लागि पहिलो गोल अग्वेरोले २९ औँ मिनेटमा गरे । त्यसपछि ३१ औँ मिनेटमा उनैले अर्को गोल थपे । ३७ औँ मिनेटमा अग्वेरोको पासमा उनका स्ट्राइक पार्टनर जिसुसले गोल गर्दै अग्रता ३–० मा पुर्याए ।

दोस्रो हाफमा कर्णर बललाई सदुपयोग गर्दै खेलको ६३ औँ मिनेटमा निकोलाश ओटामेन्डीले हेडबाट गोल गरे । त्यसपछि ८१ औँ मिनेटमा गोल गर्दै अग्वेरोले यो सिजनको पहिलो ह्याट्रिक पुरा गरे । सिटी यतिमै रोकिएन, उसका लागि राहिम स्टर्लिङले खेलको ८९ औँ मिनेटमा गोल गर्दै ६–० को जित पक्का गर्यो ।

त्यसैगरी आजै राति भएका अन्य खेलमा लिभरपुलले ब्रन्लीसँग १–१ को बराबरी खेल्यो । त्यसैगरी न्यूक्यासलले स्टोक सिटीलाई २–१ ले पराजित गरेको छ ।

Comments