काठमाडौं । जग्गा खरिद प्रकरणमा व्यवस्थापिका संसद्को विभिन्न समितिले दोषी ठहर गदैं कारबाही सिफारिस गरेका नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई बर्खास्ती प्रस्तावसहितको फाइल प्रधानमन्त्री कार्यालयमा पुगेको छ ।

आपूर्ति मन्त्रालयले खड्कालाइ बर्खास्ती प्रस्तावसहितको फाइल प्रधानमन्त्री कार्यालयमा दर्ता गरेको हो । आपूर्तिमन्त्री शिवकुमार मण्डलले फाइल अघि बढिसकेको र अब बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकमा आयत निगमका प्रमुखको सम्बन्धमा निर्णय हुने बताए ।

मन्त्रालय उच्च स्रोतका अनुसार आपूर्ति मन्त्रालयले केही दिनअगाडि नै आयल निगम प्रमुखलाई बर्खास्ती प्रस्तावसहितको फाइल प्रधानमन्त्री कार्यालयमा दर्ता गरिसकेको छ ।

Please follow and like us:

Comments