काठमाडौं । थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । कान्तिपुर दैनिकमा समाचार छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ । हुनेछ ।  मतदानका लागि ३ हजार ५७७ मतदान केन्ऽ कायम गरिएको छ । १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको यो प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।

निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्ऽ पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहसाथ भइरहेको, मतदातालाई सही रुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्ऽहरूमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन सुरक्षाका लागि प्रत्येक जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ६ हजारदेखि ८ हजारसम्म सुरक्षाकर्मी खटिएका छन् । सीमा नाका ७२ घन्टाका लागि सिल गरिएको छ । विगतका निर्वाचनमा राष्ट्रिय औसत बदर मतभन्दा प्रदेश २ अन्तर्गतका जिल्लामा धेरै मत बदर हुने गरेको तथ्यांकका आधारमा आयोगले यसपटकको निर्वाचनमा मतदाता शिक्षामा बढी जोड दिएको छ । मेयररउपमेयर, अध्यक्षरउपाध्यक्ष र विभिन्न सदस्य पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ । मतदान केन्ऽमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउनेलाई मत संकेत गर्न सिकाइरहेको आयोगले जनाएको छ ।

अघिल्ला निर्वाचनको अनुभवका आधारमा तेस्रो चरणको निर्वाचनको मतगणनालाई चुस्त र व्यवस्थित तुल्याउने कार्ययोजना पनि आयोगले बनाएको छ । मतगणनाका लागि आवश्यकताअनुसार १२ टोलीसम्म गठन गर्ने र भरसक पााच दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने सोचअनुसार तयारी अघि बढाइएको आयोगले जनाएको छ ।

अन्तिम कसरत

निर्वाचन कार्यक्रमअनुसार शुक्रबार मध्यरातदेखि नै प्रदेश २ मा मौन अवधि चलिरहेको छ । निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत  निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने रोक लगाएको छ । तर निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत भने चलिरहेको छ । यही अवधिमा अधिकांश चुनावी आँकलन उलटफेर हुने गरेको विगतको अनुभव छ । मधेसको चुनावमा मौन अवधिलाई स्थानीय जानकारहरु ‘कत्ल कि रात’ का रुपमा बुझ्ने गरेका छन् । प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न वस्तीका मतलाई खरिद गर्न सौदावाजी यही अवधिमा हुने गर्छ ।

अन्तिम अवस्थामा पनि नतिजा उलटपुलट हुन्छ मधेशमा । यही अवधिको कसरतले जित्ने पक्का भनिएको उम्मेदावरलाई पछारेर अर्को उम्मेदावर अघि बढेका र अप्रत्याशित परिणाम आएका उदाहरण थुप्रै छन् । यो खेल चुनावको अघिल्लो रात अझ तीव्र हुन्छ । जसलाई ‘कत्ल कि रात’ भनिन्छ ।

प्रदेश २ को एक मात्र महानगर वीरगन्जका मेयर उम्मेदवार अधिकांश पैसावाला भएकाले मौन अवधिमा विगतको भन्दा बढी रकमी चलखेल हुने जानकारहरु बताउँछन् । ‘तीनै जना पैसावाल उम्मेदवारबीच भिडन्त छ,’ एक राजनीतिक जानकार भन्छन्, ‘कत्ल कि रातमा जसले बढी खर्च गर्छ सायद उसैले मेयरको कुर्सी जित्छ ।’ मधेसको चुनावी अंकगणित मौन अवधिमै तय हुने गरेको ती जानकारले सुनाए ।

समुदायका अगुवाहरुले आफ्नो पकड क्षेत्रका मत अहिले पनि आफूले चाहेको उम्मेदवारका पक्षमा खसालिदिन सक्छन् । त्यस्ता मत हासिल गर्न उम्मेदवारले उनीहरुलाई निश्चित रकम दिन्छन् । अगुवाले कति मत प्रभावित पार्न सक्छन्, त्यसैका आधारमा मतदानको अघिल्लो एकरदुई दिनमा उसलाई एकमुष्ट रकम उपलब्ध गराउँछन् उम्मेदवारले ।

‘कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा यकिन गरेर यति मत खसाल्न लगाउँछु भनेर लिखित रुपमै सकारेका हुन्छन्,’ एक राजनीतिकर्मी भन्छन्, ‘रकम लिए जति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलनसमेत छ ।’ आफूले नजित्ने देखेपछि प्रतिस्पधामा रहेको अर्का उम्मेदवारलाई प्रचारप्रसार खर्चमा केही रकम थप लिएर सघाउने चलन पनि छ ।

त्यसैगरी, एउटा वडामा सघाएर अर्को वडामा उम्मेदवारको समर्थन लिने पनि खेल यही अवधिमा हुने गरेको छ । वीरगन्ज ठाकुरराम बहुमुखी क्याम्पसका उपप्रध्यापक विनोद गुप्ताका अनुसार न्युट्रल मतादातालाई कुन उम्मेदवारको पक्षमा मत दिने, घोषणापत्र अध्ययन गरी मूल्यांकन गर्ने अवधि भए पनि उम्मेदवारले दुरुपयोग गर्ने गरेका छन् । ‘अन्तिम अवस्थामा रकमी चलखेलले बिजयी हुने उम्मेदवार जनता प्रति उत्तरदायि हुँदैनन्,’ उनल भने, ‘कत्ल कि रातमा हुने चलखेलले धेरै चुनावी नतिजा निर्धारण गरेका छन् ।’

मतदाता जोगाउन जाग्राम

सोमबार मत नखसालुन्जेल मतदाता जोगाउन यहाँका प्रभावशाली उम्मेदवारले विशेष निगरानी थालेका छन् । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भए पनि प्रतिस्पर्धीले आधार क्षेत्रमा चलखेल गर्ने भएकाले प्रभावशाली उम्मेदवारले स्थानीय कार्यकर्तालाई रातभर जाग्राममा बस्न निर्देशन दिएका छन् । ‘पार्टीका स्थानीय सक्रिय कार्यकर्तालाई यसको जिम्मेवारी दिएका छौँ,’ एक उम्मेदवारले भने, ‘राति सुत्यो कि मत गुम्यो ।’ उनका अनुसार यस्तो समूहको मूख्य जिम्मेवारी भनेकै मतदाता जोगाउने हो ।

‘राति गाउँमा कोही आयो कि सावधान गराउँछन्,’ उनले भने, टोलमा गाडी आयो कि समूह त्यस्को पछि पछि भुमेर ‘सावधान मत खरिद गर्दैछन्’ भनि नारा पनि लगाउँछन् । गाउँका विपन्न र न्यूट्रल मतदाता प्रभावित हुने बढी सम्भावना हुन्छ । आफ्नो मतदाताले सुरक्षित साथ मत दिन पाओस् भन्दै प्रभावशाली उम्मेदवारले प्रति बुथ २० देखि ३० जनाको समूह परिचालन गर्ने गरेका छन् । ‘त्यस्ता समूहले मतदातालाई भडाउने काम गर्ने, पैसा बाँड्ने तथा टोलमा कसले के गर्छ भन्ने निगरानी गर्छ,’ ती उम्मेदवारले भने, ‘अन्तिम दिन सुरक्षित साथ मतदान केन्द्र सम्म र्पुयाउने कार्य पनि गर्छ ।’

मौन अवधिमा प्रभावशाली उम्मेदवारले आफ्नो भोट बैंक सुरक्षित गर्न र अरुका मतदाता आफ्नो पक्षमा पार्ने खेलसमेत तीव्र बनाएका छन् । ‘विगतका निर्वाचनमा मौन अवधिमै लाखौँ रुपैयाँ बाँडेर मतदाता प्रभावित गर्ने कार्य भएको छ,’ सामाजिक परिचालक शिवनाथ यादवले भने, ‘अस्वस्थ ढंगले मतदातालाई आकर्षित गर्ने कार्यको सशक्त प्रतिकार गर्न आवश्यक छ ।’

विगत सम्झँदै यादवले भने, ‘यो अवधिमा पनि मतदाता प्रभावित पार्न र प्रलोभन बाँड्न विभिन्न दलका नेता एवं उम्मेदवार सक्रिय हुन्छन् ।’ यही कारण यो अवधिमा विपक्षी दलका कार्यकर्ताले अन्य दलका कार्यकर्ताको कडा निगरानी गर्ने र सुरक्षा निकाय पनि आचार संहिताविपरीत कार्य नहोस् भनेर सजग हुनुपर्ने बेला हो । मतदातालाई सुरक्षित राख्दै अरुका मतदाता कसरी तान्ने भन्ने कोठे बैठक सबै दलले सुरु गरेका छन् । मतदानको दिन मतदान केन्द्रमा फर्जी मतदातालाई पहिचान गर्न र भोट खसाल्न लाइनवद्ध मतदातालाई प्रभावित गर्न सक्ने दुई खाले कार्यकर्ता पहिचानमा लगाउने अधिकांश उम्मेदवारले योजना बनाउँछन् ।

पार्टीको खास कार्यकर्तालाई यसको जिम्मेवारी दिने गरिन्छ । ‘गाउँका सबै मतदातालाई पहिचान गर्न सक्नेलाई पोलिङ एजेन्टका रुपमा राख्छौँ,’ विगतमा चुनाव लडिसकेका एक उम्मेदवारले भने, ‘मतदाता प्रभावित गर्ने खालको व्यत्तित्व भएकालाई बाहिर खटाउँछौं ।’

मौन अवधिमा भ्रम फैलाउंदै

प्रभावशाली उम्मेदवारले निर्वाचनको पूर्वसन्ध्यामा भ्रम फैलाउन कार्यकर्तासमेत परिचालन गर्ने गरेका छन् । ‘गाउँमा गएर फलाना पार्टीका उम्मेदवारले समर्थन जनाए, हाम्रा उम्मेदवारले फलानालाई यति रकममा खरिद गरिसके, फलाना हार्दैछन् किन मत खेर फाल्नु’ लगायत भ्रमपूर्ण हल्ला फैलाउने क्रम पनि बढेको छ ।

प्रतिस्पर्धीमा अगाडि निस्कन उम्मेदवारले यस्तो भ्रम फैलाउने गर्छन् । चुनाव प्रचारप्रसारको अन्तिम दिन वीरगन्जमा भएका चुनावी सभामा विभिन्न दलका उम्मेदवारले यस्ता भ्रममा नपर्न मतदाता माझ आग्रहसमेत गरेका थिए । पहिलो संविधानसभा निर्वाचनमा विमल श्रीवास्तवले करिमा बेगमलाई समर्थन गरेको यस्तै हल्ला चलेको थियो । त्यो हल्ला विमलको पकड क्षेत्र मानिएको वीरगन्जको नगवा र आसपासका क्षेत्रमा फैलाइएको थियो । त्यस क्षेत्रबाट बेगमले राम्रो भोट लिएर आइन्, उनले निर्वाचन पनि जितिन् ।

Comments

comments